पहिलो सन्तान जन्माएपछि डिप्रेशनको शिकार भएकी समिरा फेरि आमा बन्दै

मुम्बई । दोस्रो सन्तानको आमा बन्ने तयारीमा रहेकी बलिउड नायिका समिरा रेड्डीले पहिलो सन्तान जन्माएपछि आफु डिप्रेशनको शिकार भएको बताएकी छिन् ।

इन्स्टाग्राममा आक्स मी क्वेसन शेसनमा सहभागी समिराले एक फ्यानलाई जवाफ दिँदै पहिलो सन्तान जन्माएपछि आफु जीन्दगीमै सबै भन्दा निरास भएको उल्लेख गरेकी छिन् ।

‘म एकदमै चिन्तित थिएँ मान्छेहरु मेरो वारेमा के सोच्छन् होला भनेर चिन्ता गरेर बस्थें पछि थेरापी र होमियोपेथी औषधीको सहारा लिए ।’ उनले भनिन् ।

नो इन्ट्री, रेस, दे दनादन जस्ता फिल्ममा काम गरेकी समिराले पछिल्लो पटक हिन्दी फिल्म ‘तेज’ मा अभिनय गरेकी थिइन् । सन २०१४ मा व्यवसायी अक्षय वर्देसंग विवाह गरेकी समिराले सन २०१५ मा एक छोरा जन्माएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT