दमकको सुर्यदर्शन सहकारीले ल्यायो “सुर्यदर्शन SCT डेबिट कार्ड”, १२०० भन्दा बढी एटीएमहरूमा प्रयोग गर्न मिल्ने

दमक/ झापाको दमकमा रहेको सुर्यदर्शन सहकारी संस्थाले आफ्नो कारोबार बृद्धिसंगै आफ्ना सदस्यहरुलाई बैकहरुले दिदै आएका सुविधाहरु सहकारीबाट नै दिन शुरु गरेको छ । यसले नयाँ सदस्य बन्नेहरुलाई आकर्षण र पुराना सदस्यहरुलाई कारोबारमा सहज हुने जनाईएको छ ।

१२ औ बार्षिक साधरणसभा मनाईरहदा सहकारीले नयाँ नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने क्रममा बैंकहरुको एटिएम बुथमा समेत प्रयोग हुने एटिएम (सुर्यदर्शन SCT डेबिट कार्ड) सहकारीका सदस्यहरुलाई उपलब्ध गराउने सहकारीका कार्यकारी प्रमुख अरुण भण्डारीले बताएकाछन् । सहकारीले सेवा केन्द्र विस्तारभन्दा पनि सदस्यहरुलाई जहि जाँदा पनि अप्ठेरो नपरोस र एकिकृत रुपमा कारोबार गर्न सहजहोस भनेर हामीले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौ, भण्डारीले भने ।

SCT डेबिट कार्ड भनेको खातामा उपलब्ध रकम निकाल्नकाे लागि एक इलेक्ट्रोनिक चिपमा आधारित कार्ड हो। सुर्यदर्शन सहकारीले आफ्ना सदस्यहरुलाई “सुर्यदर्शन SCT डेबिट कार्ड” प्रदान गरिरहेको छ। गुणस्तरीय सेवा प्रदान गर्ने कडा प्रतिबद्धताको साथ सदस्यहरूकाे दैनिक नगद आवश्यकता पूरा गर्न एससीटी नेटवर्कमा १२०० भन्दा बढी एटीएमहरूबाट नगद फिर्ता लिन सक्दछन् ।
SCT डेबिट कार्डका सुविधाहरू:
१. नेपालभरका १२०० भन्दा बढी SCT नेटवर्क एटीएमहरूबाट सहज नगद निकाल्न सकिने।
२. बोक्नको सुरक्षित र सुविधाजनक।
३. कार्ड ४ बर्षको अवधि।

मोवायल बैकिङ सेवा, फोन पे सेवामात्र नभएर एटिएम सेवा समेत निशुल्क पाउने ब्यवस्था मिलाईएको र यसले सदस्यहरुलाई नेपालको जुनसुकै ठाँउमा जाँदा पनि समस्या नहुने अपेक्षा लिईएको पनि भण्डारीले बताएकाछन् । मोवायल तथा ईन्टरनेटको माध्यमबाट नै सदस्यले कारोबार तथा सहकारीका सवै सुविधा लिन सक्ने अवस्था बनाउने आफुहरुको ध्यय रहेको र सोहि अनुसार कार्य भइरहेको पनि भण्डारीको भनाई छ ।

सहकारीको गत असार मसान्तसम्मको बित्तिय अवस्था अनुसार १२ करोड ९० लाख ४४ हजार ४ सय रुपिया शेयर पुंजि रहेको छ । सहकारीका अध्यक्ष टिकाराज सापकोटाका अनुसार ६ हजार ४७ जना सहकारीमा सदस्य बनेकाछन् । सहकारीले आर्थिक बर्ष २०७७/ ७८ को अन्त्यसम्ममा ५ अरब १९ करोड ८१ लाख ७६ हजार १ सय ११ रुपिया निक्षेप संकलन गरेकोमा ५ अरब २६ करोड ७८ लाख ८७ हजार ५ सय १७ रुयिया ९५ पैसा निक्षेप फिर्ता गरेको छ । यो संस्थाको विश्वासका कारण सफल भएको पनि सापकोटाले बताए ।

सहकारीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ५ करोड २६ लाख ९० हजार ४ सय ९५ रुपिया ७९ पैसा मुनाफा गरेको पनि प्रतिवेदनमा उल्लेख रहेको छ । यो अवधिमा कुल कारोबार १ अर्ब ७८ करोड ४२ लाख ५५ हजार १ सय ८० रुपैया १ पैसा भएको जनाईएको छ । सहकारीको कर्जा उपसमितिको सिफारीसमा संचालक समितिले निर्णय गरी एक शेयर सदस्यलाई अधिकतम् २ करोड ६० लाख रुपियासम्म लगानी गरिने पनि अध्यक्ष सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा रहेको छ ।

संस्थाका कर्जा बिभाग प्रमुख इश्वर नेपालका अनुसार सदस्यहरुलाई सहज र सरल रुपमा कर्जा उपलब्ध गराउदै आएको बताए । सदस्यहरुको माग र चहाना बुझेर आफुहरुले सोहि अनुसारको सेवा प्रदान गरेका कारण नै यो अवस्थामा सहकारी आएको पनि उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT