मेची सहकारीको अध्यक्षमा सर्वसम्मत रुपमा फेरी पनि नारायण भट्टराई

दमक/ झापा दमकको पुरानो एवं उदाहरणीय सहकारीको रुपमा रहेको मेची बहुद्धेशिय सहकारी संस्थाको पुन एक कार्यकालका लागि नारायणप्रसाद भट्टराई अध्यक्ष भएकाछन् ।  आज भएको साधरणसभाले उनलाई थप एक कार्यकालका लागि अध्यक्ष चुनेको हो । सर्वसम्मत रुपमा उनलाई अध्यक्ष चुनिएको बताईएको छ ।

अध्यक्षको दाबेदारी गरेको पदम थापा बरिष्ठ उपाध्यक्ष चयन भएकाछन् । कोरोनाको यो महामारीको अवस्थामा सामान्य तवरले साधरणसभा गरिएको र प्रक्रिया पुर्याएर नयाँ समिति चयन भएको बताईन्छ ।

मेची सहकारी संस्थाको वासलत कबिर तीन अर्बको रहेको छ । सहकारीको सेवा केन्द्रहरु विस्तारसगै सहकारीमा नेतृत्वका लागि पनि रस्साकस्सि हुने गरेको भएपनि सर्वसम्मत नेतृत्व चयन भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT