घनश्याम अधिकारीले तुलराम न्यौपानलेलाई हस्ताण्तरण गरे जिल्ला बचत तथा ऋण सहकारी संघको नेतृत्व

दमक/ जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको औपाचरिक रुपमा नेतृत्व हस्ताण्तरण भएको छ । नवनिर्वाचित नेतृत्वलाईको सपथग्रहण संगै आज पद हस्तान्तरण भएको हो ।
गत माघ महिनामा नै सर्वसम्मत नयाँ नेतृत्वको चयन भएको थियो । एकदशक नेतृत्व गरेका अध्यक्ष घनश्याम अधिकारीले आजदेखि तुलाराम न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद ओली, उपाध्यक्षमा विश्वेश्वरप्रसाद भट्टराई र चन्द्राकुमारी खड्का भट्टराई सर्वसम्मत चयन भएकाछन् ।
बचत संघको सचिवमा यामकुमार चुडाल, सहसचिवमा कमलकुमार घिमिरे र कोषाध्यक्षमा गोविन्द पौडेल निर्वाचित भएको बताईएको छ। यस्तै सदस्यहरुमा सुशिला रिजाल, कृष्णप्रसाद पोखरेल, दिपक शिवाकोटी, हिमालयप्रकाश कन्दङवा, देविका निरौला बस्नेत, गोकुल न्यौपाने, बिनोद ढकाल र बालकृष्ण गौतम सर्वसम्मत चयन भएका छन् ।
संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा रेवती खनाल तथा सदस्यहरुमा राजेन्द्रप्रसाद रिजाल र त्रिलोचन गौतम सर्वसम्मत चयन भएकाछन् ।