एसईईमा आमा–छोरा एकैपटक पास, खुशीले गदगद बन्यो परिवार र समाज

काठमाडौं । यस वर्ष सँगै एसईई दिएका आमा छोरा पास भएका छन् । लामो उमेर ग्याप भएका आमा छोरा पास भएका हुन् । आस्था महिला विद्यालय, गठाघरमा पढेकी आमाले २.३५ ग्रेड ल्याएर पास गरेकी छन् भने १६ वर्षीय उनका छोराले ३।७ जिपिए ल्याएका छन् । सानै देखि एस।ओ।एस हर्मन जिमाईनर विद्यालय सानोठिमी पढेका उनी पढाईमा निकै तेज थिए । आमा छोरा एकैपटक एसईईमा पास भएपछि परिवार र समाज नै हर्षित बनेको छ।

परिक्षा नियन्त्रण कार्यालयले आज एसईईको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए । नतिजा अनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् ।

यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन।बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन। यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । यसैगरी डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT