नक्सा पारित भयो, अब कालापानीबाट भारतलाई फर्काऊ : विप्लव

२९ गते नेपाल बन्द हुँदै

काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले  भारतले हडपेको भूमिसहित नयाँ नक्सा जारी भएपछि सरकारलाई धन्यवाद दिएका छन्।  आइतबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले दबाबबीच पनि सरकारले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढाको बताएका छन्। ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ। त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन्’, उनले भनेका छन्, ‘उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभाग समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ।

तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ।’ विप्लवले नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्रै पार्न सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन भनेका छन्। उनले यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिनेगरी अगाडि बढ्न आवश्यक रहेको धारणा पनि सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT