गोरखा सदरमुकाममा आज विहानै एक कारमा आगजनी (भीडियोसहित)

गोरखा नगरपालिका ८ स्थित चाईनिजधारामा पार्किङमा राखिएको कारमा आज बिहान करिब ४ बजे आगजनी भएको छ । स्थानीय दिपक केसीको टाटा कम्पनीको बा १२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको जिल्ला प्रहारी कार्यालय गोरखाले जनाएको छ ।

बिहान करिब ४ बजे आगजनी भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए । कसले आगो लगायो भन्ने यकिन गर्न प्रहरीलाई समस्या भएको छ । घरछेउमा राखिउको कारामा कसैले आगो लगाइएको दावी सवारी धनी केसीले गरेका छन् । गोरखा घर भएका उनी काठमाण्डौँमा ट्राभलमा काम गर्छन ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT