प्रतिनिधिसभाबाट नयाँ नक्सा पारीत भएपछि गोरखामा यसरी मनाईयो खुसियाली (फोटो फिचर)

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ ।  निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो ।

यो सँगै गोरखाको हरमटारी लगायतका देशका बिभिन्न ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन् ।

यसै क्रममा शनिबार साँझ गोरखाको हरमटारीमा पनि दिप प्रज्वलन कार्यक्रम गरिएको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT