गोरखामा पनि जोरबिजोर प्रणाली : ‘सडकमा सवारी चापसँगै संक्रमणको जोखिम उच्च’

अश्विन दानी । मुलुकमा जारी लकडाउन खुकुलो भएसँगै यातायात सञ्चालनबारे सरकारले ४ पाङ्ग्रे र २ पाङ्ग्रे निजी सवारी सञ्चालनका बिषयमा लागु गरेको जोर बिजोर प्रणाली आईतबारदेखि गोरखामा पनि लागु भएको छ ।
गृहले सबै निजी सबारीमा जोर बिजोुर प्रणाली लागु हुने भनेपनि चार पाङ्ग्रे सवारीमा मात्रै यो प्रणाली लागु हुने जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्र लाल ढकाल बताउँछन् ।
‘यो प्रणाली चार पाङ्ग्रे निजी सवारीमा मात्रै लागु हुुन्छ दुुई पाङ्ग्रेमा हुँदैन’, ट्राफिक प्रमुख ढकालले भने, ‘अबदेखि चार पाङ्ग्रे आफ्नो गाडीको पछाडीको अंक जोर भएका हरु जोर दिनमा र बिजोर भएका हरु बिजोर दिनमा चालकसहित बढिमा ३ जना बसेर जिल्लाको जुनसुकै ठाउँमा आउजाउ गर्न पाउँछन् । दुुई पाङ्ग्रेमा भने हरेक दिन चालक मात्रै जिल्लाको जुनसुकै ठाउँमा आउजाउ गर्न पाउँछन् ।’
अत्यावश्यक काम परेको समयमा दुुई पाङ्ग्रेमा पनि दुुई जना आउजाउ गर्न पाउने उनले बताए । ‘जोर बिजोर प्रणाली लागुभएपछि दुुई पाङ्ग्रेमा दुुई जना चढ्नै नपाउने भन्ने हुँदैन’, उनले भने, ‘कोही बिरामी भए
अथवा कतै दुर्घटना भयो । कुनै अत्यावश्यक काम पर्याे भने दुुई जना आउनै नपाउने भन्ने हुँदैन । ईमरजेन्सी परेको समयमा लकडाउनकै अबधीमा पनि प्रहरी ब्यबहारीक बनेको थियो । हामी निति नियम कार्वान्वयन गर्ने भएतापनि आम नागरिकहरुको दुख र पिडालाई कहिल्यै नजरअन्दाज गर्दैनौँ ।’
‘जोर बिजोर प्रणाली लागु भएसँगै सवारीको चाप बढ्दै’
जोर बिजोर प्रणाली लागु भएसँगै गोरखा सदरमुुकाममा मात्रै नभएर ग्रामिण सडकहरुमा पनि निजी सबारीको चाप अत्यन्तै बढेको छ । मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा नजाउन भनेर लकडाउन गरिए पनि यो प्रणाली लागु गरेसँगै निजी सबारीको चाप बढ्न थालेको हो । जोर बिजोर प्रणाली लागु हुनु अघि दैनीक गोरखा सदरमुकाममा करिब एक सय सबारी ओहोरदोहोर गरेको देखिन्थ्यो । तर, अहिले हजारैँ निजी सबारीहरु खुलेआम आउजाउ गरिहरेका छन् ।
‘जोर बिजोर प्रणाली लागु गरेर सरकारले गल्ती गर्याे’
सरकारले ंजोर बिजोर प्रणाली लागु गरेर आम नागरिकहरुको मनोवल गिराउने काम गरेको मानब अधिकार सञ्जाल गोरखाका अध्यक्ष यद्युु प्रसाद अधिकारी तर्क गरे । ‘सरकारले अहिले गरेको कामले नागरिकहरुको मनोवल गिरिरहेको छ’, अधिकारी भन्छन्, ‘संक्रमितको संङ्ख्या बढिरहेको छ । तर, यो अबस्थामा सबारी चल्न दिनु भनेको सम्भावित कोरोना संक्रमणको जोखिमलाई उच्च बनाउनु हो । सरकारले जोर बिजोर प्रणाली लागु गरेर गल्ती गर्दैछ ।’
सरकारले अझैँ करिब तीन हप्ता सबारी चल्न दिन नहुने उनी बताउँछन् । ‘मानब अधिकारको कुरा गर्दा एक ठाउँबाट अर्काे ठाउँमा मानिसहरु आउजाउ गर्न पाउनु पर्छ । तर, यो परिस्थतीमा ंत्यसले भयावह रुप नलेला भन्न सकिँदैन’, उनले भने, ‘त्यसैले अहिले सरकारले सबारी चल्न दिनुको साँटो बिस्तारै आम नागरिकहरुको मनोबल उच्च बनाउँदै । आबश्यक राहत बितरण गर्दै अघि बढ्नुु पर्ने देखिन्छ ।’