पर्यटन मन्त्री भन्छन्, : ‘कोरोना संकट नआएको भए भैरहवाबाट उडेर कतार पुगिन्थ्यो’

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड-१९ को स्थिति समान्य भएपछिको ६ महिना भित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए आगामी आर्थिक वर्षको सुरुवातमै गौतमबुद्ध विमानस्थलबाट कतार तथा दोहा जान पाउने अवस्था आइसकेको अवस्था हुने बताएका हुन्।

‘नागरिक उड्डयानको क्षेत्रमा हामीले आउने वर्ष सम्भवतः यो कोभिड असर नभएको भए हाम्रा थुप्रै माननियज्युहरु आज भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उडने सौभाग्य पाउनुहुन्थ्यो। त्यो दुर्भाग्यवस कोभिडको कारणले भएन’, उनले भने, जब कोभिडको स्थिति नर्मल हुन्छ त्यसपछि ६ महिनाभित्र हामी गौतमबुद्ध भैरहावाबाट विश्‍वका जुनसुकै ठाउँमा पनि जान सक्ने छौं। त्यो अन्तिम तयारीमा हामी पुगिसकेका छौं।’

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT