विस्वमा कोरोना भाईरसले निम्त्याएको समस्या

बद्री मास्के, गोरखा :- अहिले विस्वका बहुसंख्यक देसहरु कोरोना भाईरस (कोभिड १९) विरुध्द जुधिरहेको अवस्था छ । कोरोना भाईरस नितान्त नयाँ र भिन्न प्रकृतिले फैलिने हुँदा जनमानस डराउनु परेको परिस्थिति छ । कोरोना भाईरस कसरि उत्पत्ति भयो ? कहिले सम्ममा नियन्त्रण हुन्छ ? र यसको औषधी र म्याक्सीन केहो ? भन्ने विषयमा अहिले सम्म विस्व समुदाय अनभिज्ञ छन । तर, केहि विज्ञहरुको भनाई छ, यो भाईरस सन २०२४ सम्म रहन्छ ।
यसलाई नियन्त्रण गर्न चारवर्ष लाग्ने आशंका गरेका छन । कोरोनाको प्रकृति हेर्दा सहज तरिकावाट नियन्त्रण हुने संकेत देखिएको छैन । संक्रमण फैलिन रोक्ने सहज तरिका लकडाउन हो । तर, जनतालाई सँधै घरमा थुनेर राख्नपनि साध्य चल्दैन । कतिपय मानिसहरु खान नपायर मृत्यू वरण गर्न थालेका छन । देसको हरेक क्षेत्र अस्तव्यस्थ हुँदैछ । दिनानु दिन उद्योगधन्दा नाजुक हुँदै गईरहेकोछ । यो अवस्थामा जनमानसहरुलाई कोरोना रोगले भन्दा सोकले सताउन थालेको छ । यसैले सरकारको आदेश उलंघन गरि विरोध जनाउन सक्ने संभावना पनि बढेर गएकोछ । तसर्थ, कोरोना भाईरस रोकथामको वारेमा व्यापक जानाकारी गराई र वाह्य नाकाहरु बन्दगरि लकडाउन खुकुलो गर्नुपर्ने अवस्था देखिन्छ ।
२. कोरोनाले निंत्यायको आर्थीक मन्दीः
नेपालको स्थिति ७०–८० लाख यूवाहरु विदेसमा छन । त्यहि विदेसमा बस्ने यूवाहरुले पठाएको रेमिट्यान्सले देसको ३०–५० प्रतिसत अर्थतन्त्र धानियको थियो । कोरोना भाईरसको संक्रमणले कुनै देस अछुतो छैन । देस विदेसका उद्योगहरु बैंकको ऋण तिर्न नसकेर बन्दहुने अवस्थामा पुग्ने देखिन्छ । बैंकहरु ऋण डुबेर तहसनहस हुने अवस्था देखिन्छ । वैदेसिक रोजगारमा जाने यूवाहरु धमाधम फर्कन आत्तुर छन । यसले गर्दा रेमिटेन्स करिव ठप्पहुनेछ । अर्कोतर्फ फर्केर आएका यूवाहरुले गर्दा वेरोजगार अरु बढ्नेछ । बैंकहरु ऋण दिनसक्ने अवस्था नाजुक बन्नेछ । त्यसपछि वेरोजगारीको समस्या झनै जटिल बन्दैजाने देखिन्छ ।
३. कोरोनाको कारण हुने वेरोजगारः
अहिले सम्म विदेस जानेको संख्या घटेको थिएन । कोरोना भाईरसका कारण सबै देसको आर्थिक स्थिति तहसनहस छन । उद्योगधन्दाहरु बन्दहुने स्थितिमा छन । कतिपय देसले नेपाली यूवाहरुलाई घर फर्कन भनिसकेका छन । विदेसियका यूवाहरु घर आउन नपाएर छटपटीयका देखिन्छन । ति यूवाहरु फर्केपछि वेरोजगार त हुन्छननै । नेपालमा भैरहेका यूवाहरुलाई रोजगार दिन नसकिरहेको अवस्थामा विदेसवाट समेत थपिए पछि वेरोजगारको स्थिति कस्तो होला, कल्पना पनि गर्न सकिन्न ।
विदेस जान नपाएका यूवाहरुले उत्पादन गरेका कृषीजन्य वस्तुहरु विक्रिगर्न सकेका छैनन । अन्य निकासी हुनेठाउँ पनि देखिएको छैन । भारतवाट आउने फलफुल र तरकारीले नेपाली बजार मुल्य तहसनहस बनाई दिएका छन । किनभने, भारतमा हरेक वस्तुहरु व्यवसायीक ढंगवाट उत्पादन गरेका छन, त्यसैले नेपाल भन्दा धेरै सस्तो छ । यसैले भारतिय कृषकहरु नेपाली बजारलाई प्रमुखबजार ठानेका छन । त्यसैले, नेपाली कृषकको सानातिना उत्पादनले विस्वबजार संग प्रतिस्पर्धा गर्नसक्ने संभावना छैन । तसर्थ, सरकारले नेपाली यूवाहरुलाई रोजगारको अवसरका दिन कृषी प्रविधिको विकास गर्नुजरुरी छ । अन्यथा वेरोजगार समस्याले सरकारको टाउको दुखाई हुने टड्कारो देखिन्छ । यो पुरानो प्रविधिवाट नेपालले वेरोजगार यूवाहरुलाई तह लगाउन सक्नेछैन ।
४. कोरोना भाईरस नियन्त्रण, समाधान र रोजगारिः
कोरोना भाईरस सहजताका साथ छिट्टै विस्ववाट हराउँछ भन्ने संकेत देखिएको छैन । यसो भएपछि सदासर्वदा नागरिकहरुलाई कोठामा थुनेर राख्ने संभावना पनि हुँदैन र यसरि समाधान हुनेपनि होईन । तसर्थ, कोरोना भाईरस कसरि सर्छ भन्नेकुरा आमजनतालाई जानाकारी गराउने र सचेत गराउनु जरुरी छ । सरकारले चाहिं देसलाई कोरोनावाट जोगाउन नाकाहरु बन्दगर्ने उपायहरुको अवलम्वनतिर लाग्नुपर्छ । आमजनता आफु कसरि सुरक्षित हुने भन्ने उपायको अवलम्वन गर्दै दिनचर्यालाई सहज बनाउनतिर लाग्नुपर्छ । र प्रमुख कारकतत्वहरुमा सरकारको निगरानी पनि रहनु पर्छ । यसो भएमा जनताको दिनचर्या सहज हुनसक्थ्यो कि ।
छिमेकी दुईदेसका बल्क उत्पादकहरु संग नेपालका उद्यमीहरुले प्रतिस्पर्धा गर्न सक्तैनन । यसले गर्दा नेपालका साना उद्यमीहरु र कृषकहरुको उत्पादनले बजार नपाएर थलापर्छन । यसो भएपछि छिमेकी उद्यमीहरु संग प्रतिस्पर्धा गर्न नेपालका उद्यमीहरुले पनि मास प्रोडक्सन शुरु गर्नुपर्छ । र यसको बजार व्यवस्थातिर लाग्नुपर्ने हुन्छ । यसोगर्न तल उल्लेख गरे अनुसार सरकार, बैंक र उद्यमीहरु मिलेर अगाडि बढ्नुको विकल्प देखिदैन ।
त्यसैले यिसबै समस्याहरु समाधानका लागि नेपाल सरकारले व्यवसायीक खेतीको शुरुवात गराउनु पर्छ । र व्यवसायीक खेतीवाट हरेक उत्पादनहरु मास प्रोडक्सन शुरुगर्नु पर्छ । यसका लागि कृषी विज्ञहरुले कुन उत्पादनको लागि उपयूक्त छभन्ने कुरा हरेक कृषीक्षेत्र जाँचगरि उपयूक्त कृषी उत्पादनका लागि सिफारिस गर्नुपर्छ । यसो भएपछि सबै कृषकले एकैखालको उत्पादन शुरु गर्नेछन, यसले गर्दा मास प्रोडक्सन हुनेछ । यसपछि छिमेकी देसका कृषी उत्पादनहरु संग प्रतिस्पर्धा गर्न सक्नेछन । यसैले बजार व्यवस्थाको लागि कृषकहरुकै विचमा कृषी सहकारी गठन गरि उत्पादित वस्तु खरिदको व्यवस्था गर्नुपर्छ । कृषी सहकारीले प्रशोधन, प्याकिङ्ग र सप्लाईको काम गर्नेछ । यसो भएपछि विस्वभरि नेपाली उत्पादन पुग्न सक्नेछ । यसले गर्दा कृषकलाई बजारको चिन्ता नहुने, उत्पादनलाई मात्र ध्यानदिन पाउने छन । कृषी सहकारीले विक्रिवाट गरेको मुनाफा पनि कृषकले पाउन सक्ने छन ।
- व्यवसायीक खेतीमा सरकारको दायीत्वः
– सरकारले आफ्ना मातहतका कृषी विशेषज्ञहरुलाई हरेक कृषी क्षेत्रमा कुनखालको कृषी योग्य जमिन जाँचगर्न निशुल्क सेवा प्रदान गर्नुपर्छ ।
-त्यस कृषीक्षेत्रमा जतिसुकै उपभोक्ता भएपनि कृषी विशेसज्ञले सिफारिस गरेको कृषी उत्पादनमा लाग्न बाध्य हुनुपर्छ ।
– सरकारको तर्फवाट विउविजन र मलखादको व्यवस्थामा सहज र सहयोग पु¥याउनु पर्छ । अटेर गर्नेलाई सबै किसिमको सरकारी सुविधाहरु कटौती गर्नुपर्छ ।
– हरेक कृषी क्षेत्रमा एक कृषी सहकारी संस्था दर्ताको लागि सहयोग गर्नुपर्छ । र यसै कृषी सहकारीले आफ्नो क्षेत्रमा भएको कृषी उत्पादनहरु खरिदविक्रिको व्यवस्था मिलाउनु पर्छ । र यसको वार्षीक साधारण सभागरि हिसाब किताब पारदर्शी गर्नुपर्छ ।
– सरकारले हरेक कृषी सहकारी सँस्थाको अनुगमन तथा सुपरिवेक्षणको कडा निगरानी गर्नुपर्छ ।
-सरकारले संपुर्ण कृषी सहकारी संस्थाको वार्षीक बुलेटीन प्रकाशन गरि एकआपसको अनभव शेयरगर्ने मौका दिनुपर्छ ।
ख) व्यवसायीक खेतीमा बैंकहरुको दायीत्वः
– बैंकहरुले ऋण आवश्यक पर्ने कृषकहरुलाई सहज तरिकावाट न्यूनव्याजमा ऋण उपलब्ध गराउनु पर्छ ।
– बैंकले कृषी सहकारी सँस्थालाई पनि आवश्यक परेमा सहज तरिकावाट ऋण उपलब्ध गराउनु पर्छ ।
– हरेक कृषी सहकारी सँस्थालाई हिसाबकिताब राख्ने तरिका र बजार व्यवस्थामा बैंकले सहयोग पु¥याउनु पर्छ ।
ग) व्यवसायीक खेतीमा कृषकको दायीत्वः
– हरेक क्षेत्रका कृषक विज्ञहरुले सिफारिस गरेको कृषीवाली लगाउन वाध्यहुनु पर्छ ।
– हरेक कृषकले आफ्नो उत्पादनहरु आफ्नैक्षेत्रको कृषी सहकारी सँस्थालाई विक्रिगर्नु पर्छ । अन्यत्र लैजान पाउने छैन ।
– हरेक कृषक सोहि क्षेत्रको कृषी सहकारी सँस्थामा अनिवार्य आवध्द हुनुपर्छ ।
निष्कर्शः
यो लेख फ्रान्सको एल्जासीयन क्षेत्रको कृषी व्यवसाय र प्रविधिमा आधारित छ । यो प्रविधिले हरेक कृषीजन्य वस्तुको मास प्रोडक्सन हुनेभएकोले प्रतिस्पर्धामा जान सक्नेछन । यसवाट वेरोजगारिको समस्या पनि समाधान हुनेछ । अहिले नेपालका कृषकहरु बजार नपाएर लगानी र परिश्रमको ज्याला नउठ्ने हुँदा आफ्ना उत्पादन विचौलियाको मुल्यमा विक्रिगर्न वाध्य छन । यसको लागि सरकारले गुरुयोजना बनाई केहि समय कडाईका साथ लागु गर्नुपर्छ ।