गुण्डालाई जागिरका लागि सिफारिस गर्न भन्दै नेकपा कास्कीले पठायो केन्द्रिय मन्त्रीलाई चिठ्ठी

अश्विन दानी, पोखरा :  ‘कुनै पनि सार्वजनिक पदमा छनौट हुने ब्यक्ति खुल्ला प्रतिशप्रर्दाबाट नै मनोनित हुनुपर्छ अनि मात्रै दक्ष कर्मचारी आउँछन’ यो राजनीतिज्ञहरुले नै खुल्ला मञ्चमा उभिएर बारम्बार गर्ने भाषणको टुक्का हो ।

तर, अधिकांस सर्वसाधरण नागरिक कुनैपनि सार्वजनिक पदमा जागिरका लागि अनवेदन दिन जाँदा आफुसँग क्षमता भएपनि ‘पाबर र पैसा हुनेहरु नै हो यहाँ जागिर पाउने ! ’ भन्दै पटकपटक झस्किनु नेपालको लागि कुनै नौलो कुरो हैन ।

किनकी, नेपालको अधिकांस सार्वजनिक पदमा खुल्ला प्रतिशप्रर्दाबाट भन्दा राजनीतिज्ञको आसेपासे अनि घुस दिन सक्नेहरु नै सिधैँ सम्बन्धित ठाउँको माथिल्लो तहबाटै सिफारिस भएर आउने गर्छन् । यही तीतो यर्थातको ज्वलन्त उदारहण हो, नेपाल कम्युनिष्ट पार्टी नेकपाले २०७६/०३/११ गतेका दिन कृषि तथा पशुपन्छि बिकास मन्त्रालय सिंह दरबारका मन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्र ।

खुल्ला प्रतिशप्रर्दा र निष्पक्षमा असहमत छैन : नेकपा जिल्ला अध्यक्ष थापा

नेकपा कास्कीका जिल्ला अध्यक्ष कृष्ण थापाले हस्ताक्षर गरेको पत्रमा संघिय सरकारको कृषि तथा पशुपन्छि बिकास मन्त्रालयका मन्त्रीलाई जागिरका लागि सिफारिसको अनुरोध गरिएको छ । तर, अध्यक्ष थापाले उक्त पत्र गुण्डा (मिन) क्षेष्ठलाई मन्त्रालयमा पठाउन नभई आन्तरीक रुपमा साथीहरुलाई देखाउन दिएको स्पोष्टी दिएका छन् ।

‘खुल्ला प्रतिशप्रर्दा र निष्पक्षमा म असहमत छैन’ अध्यक्ष थापाले भने, ‘पार्टीको कार्यकर्ताले सिफारीस मागेपछि हामीले दिनुपर्छ । तर, त्यो सिफारिस मन्त्रालयमा पठाउनका लागि भनेर दिएको हैन । उहाँले आन्तिरीक रुपमा साथीहरुलाई देखाउन भनेर दिएका हौँ । गुण्डालाई जागिरका लागि सिफारिस गर्न दवाव दिनका लागि उक्त पत्र नदिएको थापाले दावी गरे ।

‘हामीले जागिरका लागि सिफारिस गरेको हैन । उहाँ हाम्रो कार्यकर्ता हो भनेर चिनाउनका लागि मात्रै सिफारिस गरेको हो’ उनले भने, ‘हामली भनेको मन्त्रीले मान्छन् या मान्नु पर्छ भन्ने छैन ।’

पहिले पनि पार्टीले पठायो कालीगण्डकीमा लगेर गाडी डुबायो : कार्यालय प्रमुख ढकाल

कृषि तथा पशुपन्छि बिकास मन्त्रालय अन्र्तगत गण्डकी प्रदेशको मेघा प्रोजेक्ट शाखा कार्यालयका प्रमुख लक्षमण ढकालले हाल कार्यालयमा कुनै पनि पदका लागि आवेदन माग नगरेको बताउँदै राजनीति सिफारिसबाट कर्मचारी आए अर्काे कार्यालयमा जाने बताएका छन् ।

‘कार्यालयमा कर्मचारी त आबश्यक छन् । तर, अहिले आवेदन माग गरिएको छैन । मलाई यो बिषयमा केही थाहा छैन’ उनले भने, ‘मनलाग्दी जसले जे गरेपनि, पहिले पनि एउटा पार्टीले सिफारिस गरेर पठायो अनि कालिगण्डकीमा लगेर गाडी डुबायो । यदी राजनीतिक सिफारिसमा कर्मचारी आउँछन् भने म अन्त जान्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2025 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT