रुपन्देहीमा पाँच जनाको हत्या, मृतक सबैको पहिचान खुल्यो

लाप्राकको भूमे सामुदायिक वनका अध्यक्षमाथी छुरा प्रहार

अर्घाखाँची रुपन्देहीको तिलोत्तमा नगरपालिका(१० स्थित मैनैयामा गएराति हत्या गरिएका पाँच जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्‌।

रुपन्देहीको तिलोत्तमामा सामुहिक हत्या, युवक पक्राउ गएराती १ बजेतिर तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारस्थित कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत ६ जनामध्ये ५ जनाको हत्या भएको हो।

हत्यामा संलग्‍न भनिएका सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिञ्जाली पक्राउ परेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू स‌ंलग्न रहेको बताएका छन्‌। हत्याको कारण खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
हाम्रो टिम
सोसल मिडिया
Copyright © 2026 Sahakari Ko Khabar | All Right Reserved
Designed BY : HAMROHAAT